Section 46
अख्तियारनामा दिन सकिने
(१) यस ऐन बमोजिम विदेशी लगानी गर्न चाहने व्यक्तिले आफुले गर्नुपर्ने कुनै, केही वा सबै काम कारबाही गर्नको निमित्त कुनै व्यक्तिलाई अख्तियारनामा दिन सक्नेछ। अख्तियारनामा प्राप्त व्यक्तिद्वारा अख्तियारनामा बमोजिम भए गरेका सबै काम कारबाहीहरु निज लगानीकर्ताले नै गरेको मानिनेछ।
(२) उपदफा (१) बमोजिम दिइएको अख्तियारनामा बमोजिम काम गर्न त्यस्तो अख्तियारनामा नोटरी प्रमाणित गराई विदेशी लगानी स्वीकृत गर्ने निकायमा उपलब्ध गराउनु पर्नेछ। विदेशी लगानी स्वीकृत गर्ने निकायले आवश्यक ठानेमा त्यस्तो अख्तियारनामाको सक्कल हेर्न सक्नेछ।
(३) उपदफा (१) बमोजिम अख्तियारनामा प्राप्त व्यक्तिले आफूलाई प्राप्त अख्तियार अन्य व्यक्तिलाई प्रत्यायोजन गर्न सक्नेछैन।
(४) अख्तियारनामा प्रदान गर्ने व्यक्तिले आफूले प्रदान गरेको अख्तियारनामा जुनसुकै बखत फिर्ता लिन सक्नेछ। यसरी अख्तियारनामा फिर्ता लिएको जानकारी अख्तियारनामा प्रदान गर्ने व्यक्तिले विदेशी लगानी स्वीकृत गर्ने निकायमा दर्ता गराएको मितिदेखि बहाल रहने छैन।
(५) अख्तियारनामा दिने सम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुनेछ।